दफा ३५
एकल बिन्दु सेवा केन्द्र्को स्थापना
(१) यस ऐन तथा प्रचलित अन्य कानून बमोजिम उद्योग वा लगानीकर्तालार्ई प्राप्त हुने छुट, सुविधा वा सहुलियत र उद्योगको लागि आवश्यक पर्ने पूर्वाधार सम्बन्धी सेवा समयमै सरल र सहज रुपमा एकै थलोबाट उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एकल बिन्दु सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम एकल बिन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालनका सम्बन्धमा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दा अन्य कुराका अतिरिक्त त्यस्तो सेवा केन्द्र रहने स्थान, केन्द्रका माध्यमबाट उद्योगहरुलाई पुर्याइने सेवा, केन्द्रमा रहने निकायगत एकाइहरु र सेवा सञ्चालन समिति समेत तोक्नेछ ।
(३) उपदफा (१) बमोजिम एकल बिन्दु सेवा केन्द्रको स्थापना नभएसम्मको लागि यस ऐन बमोजिम उद्योगले पाउने छुट, सुविधा वा सहुलियत एकै थलोबाट समयमै उपलब्ध गराउन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एकल बिन्दु सेवा सञ्चालन समिति गठन गर्नेछ ।
(४) लघु उद्यम, घरेलु उद्योग र साना उद्योगले यस ऐन बमोजिम प्राप्त गर्ने छुट, सुविधा वा सहुलियत स्थानीयस्तरबाट नै प्रदान गर्ने प्रयोजनको लागि प्रदेश वा स्थानीय तहमा आवश्यकता अनुसार तोकिए बमोजिमको एकल बिन्दु सेवा केन्द्र गठन गर्न सकिनेछ ।